राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा माओवादीले कांग्रेसलाई सहयोग गर्ने कोइरालाको आश – Nepal Press

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा माओवादीले कांग्रेसलाई सहयोग गर्ने कोइरालाको आश

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राष्ट्रपतिको निर्वाचनमा माओवादीले कांग्रेसलाई सहयोग गर्नसक्ने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले राजनीति सम्भावनाको खेल भएकाले प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेसले विश्वासको मत दिनुको कारण केही समयपछि स्पष्ट हुने बताए छन् ।

उनले कांग्रेसले प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिएका कारणहरूपछि क्लियर हुँदै जाने बताउँदै उनले कांग्रेसले राष्ट्रपति र उपराष्ट्रपति पदमा उम्मेदवारी दिने जानकारी दिए ।

राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनमा प्रदेशसभाका सांसदले पनि मतदान गर्ने हुँदा त्यसमा कांग्रेसको चासो रहेको उनको भनाइ छ ।

‘प्रचण्डजीलाई विश्वासको मत दिएको भएपनि हामीले प्रतिपक्षमै बस्ने निर्णय गरेका छौ’ उनले भने, हामी सरकारमा जाँदैनौ । उनले भने अब कांग्रेसले आफू प्रतिपक्षमा बसेर गुण र दोषका आधारमा सरकारको समर्थन वा आलोचना गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर