कोरोनाले रोकिएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला चैतको पहिलो साता तय (भिडिओ) – Nepal Press

कोरोनाले रोकिएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला चैतको पहिलो साता तय (भिडिओ)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला चैत्रको पहिलो साता काठमाडौंमा हुने भएको छ ।

महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कोरोनाका कारण दुई वर्ष रोकिएको अन्तर्राष्ट्रिय व्यापार मेला यस वर्ष चैत्र २ गतेदेखि ६ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा हुने जानकारी दिएको हो ।

नेपाल सरकार वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवद्र्धन तथा ललितपुर उद्योग वाणिज्य र नेपाल हस्तकला महासंघको सहआयोजनामा क्यालेन्डर इभेन्टको रुपमा मेला आयोजना गर्न लागिएको महासंघका अध्यक्ष शेखर गोल्छाले जानकारी दिए ।

तीनसय भन्दा धेरै स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी हुने महासंघले जनाएको छ । मेलामा नेपाल सहित भारत, चीन, कोरिया, जापान लगाएतका देशका कम्पनीहरुको स्टल सहभागिता हुनेछन्  ।

यस वर्ष पहिलो पटक महासंघका १२३ वटा सदस्य वस्तुगत संघहरुका उत्पादन तथा सेवाको विशेष प्रदर्शनी हुने महासंघका अध्यक्ष गोल्छाले जानकारी दिए । अध्यक्ष गोल्छाले बिभिन्न कारणले नेपालको अर्थतन्त्रमा देखिएको समस्या समाधान हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *