आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता हुने – Nepal Press

आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता हुने

काठमाडौ । आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी पार्टीबीच एकता हुने भएको छ ।

पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी र कर्णजीत बुढाथोकी अध्यक्ष रहेको उक्त पार्टी आम जनता पार्टीसंग एकताबद्ध हुने र नयाँ पार्टीको नाम भने आम जनता पार्टी नै रहने आजपाका प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए । यादवका अनुसार अग्रगामी शक्तिहरुको ध्रुवीकरणको रुपमा विभिन्न राजनीतिक दलहरुसंग एकताको अभियानमा आजपा लागेको हो ।

भर्खरै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिदै रौतहट क्षेत्र नम्बर ३ बाट लगातार चौथो पटक निर्वाचित भएका साहले यही महिना आफ्नै पार्टी गठन गरेका हुन् । आम जनता पार्टी गठन भएलगत्तै पार्टी प्रवेशको लहर चलेको छ ।

आजपा गठन भएलगत्तै जनता समाजवादी पार्टीका रौतहट जिल्ला सचिव लखिन्द्र यादव, नेपाल संघीय समाजवादी पार्टीबाट रौतहट १(ख) बाट प्रदेश सभा सदस्य उम्मेदवार जाजुल देवान लगायत सयौ नेता आम जनता पार्टीमा प्रवेश गरेला थिए । पूर्व शहरी विकास राज्यमन्त्री एवम् काठमाडौ क्षेत्र नम्बर ७ बाट संविधानसभा सदस्य र प्रतिनिधि सदस्य रहिसकेका रामवीर मानन्धर पनि आजपामै आवद्ध भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर