बलिउड अभिनेत्री राखी सावन्तले गरिन् विवाह – Nepal Press

बलिउड अभिनेत्री राखी सावन्तले गरिन् विवाह

काठमाडौं । बलिउड अभिनेत्री राखी सावन्तले प्रेमी आदिल दुर्रानीसँग विवाह गरेकी छन् । लामो समय प्रेममा रहेको यो जोडीले सात महिना अघि नै कोर्टमा गएर विवाह सम्पन्न गरेका हुन् ।

२०२२ जनवरी २९ मा नै कोर्ट म्यारिज गरेकी राखीले वुधबारमात्र आधिकारिक रुपमा दुर्रानीसँग आफ्नो विवाह भएको घोषणा गर्दै कोर्ट वेडिङका तस्बिरहरु सेयर गरेकी हुन् । राखीले आफ्नो सामाजिक सञ्जालमा तस्बिरसहित आफू विवाहित भएको खबर सार्वजनिक गरेतापनि आदिले भने अहिलेसम्म यसबारे केही बोलेका छैनन् ।

हैदरावादका आदिल पेशाले एक व्यापारी हुन् । आदिल उमेरले राखीभन्दा कान्छा हुन् । राखी ४५ वर्षकी भइन् भने आदिले २७ वर्षका भए ।

पूर्वपति रितेश सिँहसँग सम्बन्धविच्छेद गरेपछि आदिल र राखी नजिकिएका थिए । राखीको पहिलो विवाहको बारे पनि दर्शकहरु अनविज्ञ थिए । ‘बिग बोस’ मा प्रवेश गरेपछिमात्र राखी र रितेशको वैवाहिक सम्बन्धबारे खुलासा भएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *