अर्थ सचिव रायले लिए राष्ट्र बैंक सञ्चालक सदस्यको शपथ
नेपाल प्रेस
२०७९ पुष २८ गते १२:०४
काठमाडौँ । अर्थ मन्त्रालयका सचिव तोयम रायाले राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका छन् ।
बिहीबार अर्थ सचिव रायालाई कायममुकायम प्रधानन्यायाधीश कृष्ण कार्कीले राष्ट्र बैंक सञ्चालकको पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
राष्ट्र बैंकको सञ्चालकको सदस्य अर्थ मन्त्रालयका अर्थ सचिव हुने व्यवस्था छ । अहिले अर्थमा नयाँ सचिव आएकाले तत्कालीन अर्थ सचिव कृष्णहरी पुष्करको ठाउँमा राया सञ्चालक बनेका हुन् ।
केही दिन अघि अर्थ सचिवमा नियुक्त भएका तोयम रायालाई आज राष्ट्रबैंकको सञ्चालक सदस्यको पद तथा गोपनीयताको शपथ गराइएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया
सम्बन्धित खवर