नेपाल टी-२० लिगको उत्कृष्ट बलर अविनाश बोहरा – Nepal Press

नेपाल टी-२० लिगको उत्कृष्ट बलर अविनाश बोहरा

काठमाडौं । नेपाल टी-२० लिगको उत्कृष्ट बलरको उपाधि काठमाडौं नाइट्सका अविनाश बोहराले प्राप्त गरेका छन् ।

नेपाल क्रिकेट संघ(क्यान) र सेभेन थ्री स्पोर्टसको आयोजनमा सम्पन्न प्रतियोगितामा इलिमिनेटरबाट बाहिरिएको काठमाडौंका अविनाशले ११ खेलमा कुल ३७.५ ओभर बलिङ गर्दै ८.३७ को इकोनोमिमा प्रतियोगिताकै सर्वाधिक १९ विकेट लिए । उनले ११७ रन खर्चिएका थिए । उत्कृष्ट बलर भएसँगै अविनाशले २ लाख ५० हजार जितेका छन् ।

काठमाडौं इलिमिनेटरमा विराटनगरसँग पराजित हुँदै बाहिरिएको थियो ।

विराटनगरका राज ननन् सबैभन्दा धेरै विकेट लिनेको दोस्रो नम्बरमा छन् । उनले १६ विकेटथ लिएका छन् । तेस्रो स्थानमा रहेका ललित नारायण राजवंशी, चौथोमा रहेका नन्दन यादव को पनि समान १६ विकेट रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर