आफूलाई जेलबाट छुटाउन ओली-प्रचण्डसँग रेशमले मागे लिखित प्रतिबद्धता, गठबन्धन छाड्नेसम्मको चेतावनी – Nepal Press

आफूलाई जेलबाट छुटाउन ओली-प्रचण्डसँग रेशमले मागे लिखित प्रतिबद्धता, गठबन्धन छाड्नेसम्मको चेतावनी

कैलाली । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफूलाई जेलबाट छुटाउनेबारे प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लिखित सम्झौताको माग गरेका छन् । उनले दिउँसो २ बजेसम्म यस विषयमा ठोस निर्णय नभए आफू त्यस गठबन्धनमा नरहने जनाएका छन् ।

आज डिल्लीबजार कारागारमा सांसद र आफूनिकटका नेताहरूलाई रेशमले उक्त कुरा बताएका हुन् ।

लिखित प्रतिबद्धता आएमा अहिलेको गठबन्धन कायम रहन्छ नभए गठबन्धन अर्को हुन्छ बैठकमा सहभागी एक नेताले भने ।

अहिले सुदूरपश्चिम प्रदेशलगायत तीन प्रदेशमा मुख्यमन्त्री चयन हुँदै छन् । सुदूरपश्चिम र लुम्बिनीमा रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीको उपस्थिति छ । सुदूरपश्चिम सरकार गठनका लागि नागरिक उन्मुक्तिका ७ सांसद निर्णायक छन् ।

अहिलेसम्म नागरिक उन्मुक्ति मौन बसिरहेको छ । यस्तो अवस्थामा कांग्रेस संसदीय दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर