संखुवासभाको सुपर हेवा पावर कम्पनीले सेयर निष्कासन गर्दै – Nepal Press

संखुवासभाको सुपर हेवा पावर कम्पनीले सेयर निष्कासन गर्दै

काठमाडौँ । सुपर हेवा पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने भएको छ । उक्त सेयरको निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गर्ने सम्झौता भएको छ ।

प्रतिकित्ता १०० रूपैयाँ अंकित दरले ११ करोड ५४ लाख ३६ हजार रूपैया बराबरको ११ लाख ५४ हजार ३ सय ६० कित्ता साधारण सेयर निष्कासन गर्नेगरी लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सुपर हेवा पावर कम्पनीको तर्फबाट अध्यक्ष हर्कबहादुर तामाङले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

संखुवासभा जिल्लाको चैनपुर नगरपालिकामा ६ मेगावाट क्षमताको सुपर हेवा आयोजना निर्माणाधीन अवस्थामा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *