मधेसको मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने तयारीमा जसपाका यादव – Nepal Press

मधेसको मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने तयारीमा जसपाका यादव

जनकपुरधाम । मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोजकुमार यादवले आज मुख्यमन्त्रीमा दाबी पेश गर्दै छन् ।

सत्ता साझेदार दलहरूले मधेस प्रदेशमा पहिलो चरणको मुख्यमन्त्री जसपालाई दिने सहमति गरिसकेका छन् । सोही सहमति अनुसार जसपा संसदीय दलका नेता यादवले प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्ने तयारी भएको हो ।

मधेश प्रदेशसभामा १०७ सांसद छन् । बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ । सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, जसपा, माओवादी केन्द्र, जनमत पार्टी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीसँग कुल ६२ सांसद छन् ।

स्वतन्त्र सांसद सुरिता साहले पनि समर्थन गर्ने बताइएको छ । उनीसहित ६३ सांसदको समर्थनमा यादवदले आज प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष मुख्यमन्त्रीको दाबी गर्न लागेका हुन् ।

प्रदेशका निवर्तमान सभामुखसमेत रहेका उनी बारा १ (२) बाट निर्वाचित भएका हुन् ।

प्रदेश प्रमुख मिश्रले मुख्यमन्त्रीको दाबी पेश गर्न भोलि साँझ ५ बजेसम्मको समय दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर