धितोपत्र बोर्डले गर्‍यो ३ ब्रोकरलाई कारबाही , केयर रेटिङलाई सोध्यो स्पष्टीकरण – Nepal Press

धितोपत्र बोर्डले गर्‍यो ३ ब्रोकरलाई कारबाही , केयर रेटिङलाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ३ वटा स्टक ब्रोकर कम्पनीलाई नगद जरिवाना गरेको छ । बोर्डले सनी सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र त्रिसुल सेक्युरिटिजलाई नगद जरिवाना गरेको जनाएको छ ।

बोर्डका अनुसार सनी सेक्युरिटिज कम्पनीले तोकिएको समयमा प्रतिवेदन पेश नगरेको भन्दै धितोपत्र १० हजार रुपैयाँ जरिवाना गरेको छ ।

यस्तै, इम्पेरियल सेक्युरिटिजले त्रैमासिक आर्थिक प्रतिवेदन समयमा पेश नगरेको भन्दै ७५ हजार रुपैयाँ जरिवाना गराउने निर्णय गरेको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बताए ।

यस्तै त्रिशूल सेक्युरिटिजलाई पनि त्रैमासिक आर्थिक प्रतिवेदन समयमा पेश नगरेको ७५ हजार रुपैयाँ जरिवाना गराउने निर्णय गरेको छ ।

यता रेटिङ एजेन्सी कियर रेटिङ नेपाललाई पनि बोर्डले स्पष्टीकरण सोधेको छ । कम्पनीले रेटिङ नियमावली २०६८ को उल्लंघन गरी आफ्नो मुख्य सेयरधनीको रेटिङ गरेको भन्दै ऐन २०६३ को दफा १०१ को ७ अनुसार हदैसम्मको कारबाही किन नगर्ने भनी स्पष्टीकरण सोधिएको हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *