महालक्ष्मी बैंकले दियो पर्साका जीवन राजवंशीलाई छात्रवृत्ति – Nepal Press

महालक्ष्मी बैंकले दियो पर्साका जीवन राजवंशीलाई छात्रवृत्ति

काठमाडौंं । महालक्ष्मी विकास बैंकले त्रिभुवन हनुमान माध्यमिक विद्यालय बिरगंज, पर्सामा कक्षा आठमा अध्यनरत छात्र जीवन राजवंशीलाई हिरा गिरी जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ ।

उक्त छात्रवृत्ति महालक्ष्मी फइनान्सका संस्थापक अध्यक्ष स्व।हिरा गिरीको स्मृतिमा स्थापीत गरिएको हो ।

बैंकका सञ्चालक समितिका सदस्य सञ्जय गिरीले विद्यार्थीका अभिभावक भावरलाल परिकलाई छात्रवृत्ति हस्तान्तरण गरेका हुन् । विद्यार्थीको अध्यापनमा सहयोग पुर्याउने उद्देश्यले पचास हजार बराबरको छात्रवृत्ति दिएको बैकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *