प्रधानमन्त्रीले विश्वासको मत लिँदै गर्दा सेयरबजारमा उतारचढाव – Nepal Press

प्रधानमन्त्रीले विश्वासको मत लिँदै गर्दा सेयरबजारमा उतारचढाव

काठमाडौ । सेयर बजारमा केही उतारचढाव देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिँदै गर्दा त्यसको मनोविज्ञान नेप्सेमा पनि परेको जानकारहरूको आँकलन छ । नयाँ सरकार गठन र पहिलो क्याबिनेटले पूँजी बजारलाई गरेको सम्बोधनपछि लगानीकर्ता उत्साही देखिएका थिए । र, पनि यो सरकारले विश्वासको मत पाउने-नपाउने पर्ख र हेरको अवस्थामा थिए ।

२ बजेर १२ मिनेटमा सेयर बजारको २२ सयको मनोवैज्ञानिक लाइनबाट २१ सयमा झरेको थियो । यतिबेला बजार २१९९.९८ विन्दुमा आयो । आजकै कारोबारमा २२७७ विन्दुसम्म पुगेको बजार तलमाथि भइरहेको छ । २ बजेर ९ मिनेटमा बजार दोहोरो अंकले (११.७८) घटेको थियो । अहिले फेरि बजार बढेर २२ सयकै मनोवैज्ञानिक लाइनमा छ ।

यतिबेलासम्म ६ अर्ब बढीको कारोबार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *