प्रदेशको नामाकरण गर्न नसक्दा लागेको असक्षमताको आरोप यस पटक पखालिन्छ: इन्द्र आङ्बो – Nepal Press

प्रदेशको नामाकरण गर्न नसक्दा लागेको असक्षमताको आरोप यस पटक पखालिन्छ: इन्द्र आङ्बो

विराटनगर । नेकपा माओवादी प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश १ को नामकरण गर्न नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।

उनले नामाकरण गर्न नसक्दा प्रदेशको औचित्यमा प्रश्न उठेको र सांसदहरु माथि लागेको असक्षमताको आरोप यसपटक पखालिने बताए ।
प्रदेश सभाको प्रथम अधिबेशनको दोस्रो बैठकमा बोल्दै उनले हिक्मत कार्की नेतृत्वको सरकारले प्रदेशको नाम राख्ने बताए ।

आङ्बोले समयमै प्रदेशवासीको चाहाना अनुसार प्रदेश १ को नामाकरण हुने धारणा राखे ।उनले प्रदेश सरकारलाई अधिकार हस्तान्तरण गर्न सङ्घिय सरकारले नचाहेको आरोप समेत लगाए ।

उनले भने,‘ निजामती कर्मचारी ऐन संघले नबनाउने अनि प्रदेशमा औला देखाउने गरेको छ ।  प्रदेशमा भन्दा ३ गुणा बढी बजेट जिल्लाको संरचनामा गएको बिषयमा कोही नबोलेको तर प्रदेश सरकारले भने बजेट सकेको आरोप लागिरहेको छ ।’ उनले प्रदेश सरकारलाई सफल बनाउन सहयोग र आलोचना दुबै गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर