‘रियलमी टेन प्रो प्लस ५ जी’ नेपाली बजारमा, मूल्य कति ? – Nepal Press

‘रियलमी टेन प्रो प्लस ५ जी’ नेपाली बजारमा, मूल्य कति ?

काठमाडौं । रियलमीले ‘रियलमी टेन प्रो प्लस फाइभ जि’ नेपाली बजारमा ल्याएको छ । न्युरोड, ताम्राकार कम्प्लेक्समा केक काटेर रियलमी १० प्रो प्लस ५ जिको पहिलो बिक्रीबाट औपचारिक बिक्रीको शुरुवात भएको कम्पनीले जानाएको छ ।

यो रियलमीको पहिलो फोन हो जसमा ६१ डिग्री आइ फ्रेन्ड्ली ओएलइडि डिस्प्ले राखिएको छ । १२० हर्जको अपग्रेडेड रिफ्रेश रेट भएको फोनको डिस्प्ले ६.७ इन्च वाइड रहेको छ ।२१६० हर्जको हाइ फ्रिक्वेन्सी पिडब्लुएम डिमिङ टेक्नोलोजी युक्त ओएलइडि डिस्प्ले रहेको छ ।

८०० निटको ब्राइट्नेस, १ बिलियन भन्दा धेरै कलर सपोर्टे, त्यस्तै ०.६५ मिमीको डबल रिइन्फोसर््ड सेकेन्डरी टेम्पर्ड हाइ स्ट्रेङ्थ ग्लासको प्रयोग गरिएको छ, साइडमा भएको फिङर प्रिन्ट स्क्यानर पनि फास्ट र अक्युरेट छ । ७.७८ मिमीको स्लिम प्रोफाइल भएको यस स्मार्ट फोनको वजन भने १७३ ग्राम रहेको छ ।

पछाडिपट्टि राखिएका तीनवटा क्यामरा मध्य मेन सेन्सरमा ५० एमपि बाट १०८ एमपिको अपग्रेड दिइएको छ भने ८ एमपिको अल्ट्रा वाइड र २ एमपिको म्याक्रो लेन्स पहिलाको जस्तै रहेका छन् । मेन क्यामरामा ९ इन १ फ्युजन टेक्नोलोजी राखिएको छ । त्यस्तै रातिको समयमा १२३५ बढी लाइट पेनेट्रेसन हुन सक्छ । सेल्फीको लागि यसमा १६ एमपिको क्यामरा राखिएको छ ।

मेडिया टेक डाइमेन्सिटी १०८० चिपसेट प्रयोग गरिएको छ । ४डी गेम भाईब्रेसन मोटरले गेमिङ एक्स्पिरियन्स दिन्छ । रियलमी ४.० युआइ र एन्ड्रोइड १३ प्रीइन्स्टल गरिएको छ । ५००० एमएएचको ब्याट्रिका साथ ६७ वाटको फास्ट सुपरभोक चार्जिङ सपोर्ट गर्छ । स्टोरेज क्षमता ८ जिबि बाइ १२८ जिबि रहेको छ । यसको मुल्य नेपाली बजारमा ४५ हजार ९ सय ९९ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *