नवनियुक्त मन्त्री लिम्बुको पहिलो सम्बोधन: संविधान संशोधनका लागि संघर्ष जारी – Nepal Press

नवनियुक्त मन्त्री लिम्बुको पहिलो सम्बोधन: संविधान संशोधनका लागि संघर्ष जारी

विराटनगर । प्रदेश १ कि नवनियुक्त मन्त्री निर्मला लिम्बुले संविधान संशोधन हुनुपर्ने बताएकी छ्न् ।

जनता समाजवादीबाट प्रदेश सभा सदस्य बनेकी मन्त्री लिम्बुले संसदमा सम्बोधन गर्दै पछाडि पारिएका सीमान्त्कृत जनजाति र विभेदमा परेकाहरुको लागि बैधानिक ढङ्गले संघर्ष गर्ने बताइन् ।

विना विभागिय मन्त्री लिम्बुले संविधानमा त्रुटि रहेको भन्दै संशोधनका लागि संघर्ष जारी रहेको बताइन् ।प्रदेश १ को नामाकरण हुन नसकेको भन्दै अबको नामाकरण प्राथमिकतामा रहेको उल्लेख गरिन् ।

उनले पहिचानसहितको प्रदेशको नामाकरण हुनुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर