लोसपाले पनि प्रचण्ड सरकारलाई विश्वासको मत दिने – Nepal Press

लोसपाले पनि प्रचण्ड सरकारलाई विश्वासको मत दिने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ ।

सदन बस्नुअघि बसेको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको सांसद शरदसिंह भण्डारीले बताए ।

उनले भने, ‘हामीले यसअघिको बैठकमा नै सबै जिम्मेवारी अध्यक्षज्यूलाई दिएका थियौं । प्रतिनिधिसभाको बैठक बस्नुअघि बसेको संसदीय दलको बैठकमा विश्वासको मत दिने निर्णय गर्नुभएको हो ।’

प्रतिनिधिसभामा लोसपााका ४ जना सांसद छन् । पुस २४ गते बसेको लोसपाको कार्यकारिणी समितिको बैठकले विश्वासको मत दिने/नदिने बारे निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको थियो।

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदैछन् । एमालेसहित ७ दलको समर्थनमा पुस १० गते प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए ।

आजै बिहान बसेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले पनि विश्वासमा मत दिने निर्णय गरिसकेको छ भने नेपाली कांग्रेस पनि छलफलमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर