लुम्बिनीमा एमाले नेता लीला गिरी आजै मुख्यमन्त्री नियुक्ति हुने – Nepal Press

लुम्बिनीमा एमाले नेता लीला गिरी आजै मुख्यमन्त्री नियुक्ति हुने

रुपन्देही । लुम्बिनी प्रदेशमा एमालेका लीला गिरीले आज मुख्यमन्त्रीका लागि दाबी पेश गर्दैछन् । प्रदेश प्रुमख अमिक शेरचनसमक्ष दाबी पेश गर्न लागेका गिरीलाई आजै मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ ।

प्रदेश प्रमुख शेरचनले बुधबार अपरान्ह ४ बजेसम्मको समय सीमा दिएर मुख्यमन्त्रीको नाम दिन आव्हान गरेपनि सत्तारुढ गठबन्धनका दलहरूले एक दिनअघि नै दाबी पेश गर्न लागेका हुन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४४ सांसदको समर्थन चाहिन्छ । सत्ता साझेदार दलहरूमध्ये सबैभन्दा धेरै नेकपा एमालेका २९ सांसद छन् । यसैगरी माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४-४ तथा जसपा र जनमत पार्टीका ३-३ सांसद छन् । सत्तागठबन्धनसँग ५३ सीट छ । स्वतन्त्रबाट निर्वाचित २ सांसदले पनि एमाले नेतृत्वलाई समर्थन गर्नेगरी छलफल भइरहेको छ ।

प्रदेश प्रमुखको कार्यालय बुटवलमा रहेको र मुख्यमन्त्री कार्यालय दाङमा रहेकाले मंगलबारको नियुक्ति बुटवलमै हुनेछ । प्रदेश प्रमुख कार्यालयले मुख्यमन्त्रीको नियुक्तिपछि मात्रै शपथ कहाँ गर्ने टुंगो लाग्ने जनाएको छ । प्रवक्ता चिरञ्जिवी पौडेलले नयाँ मुख्यमन्त्रीको नियुक्तिपछि सरसल्लाहमै शपथको स्थान तय हुने नेपाल प्रेसलाई बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर