बेलले गरे फुटबलबाट संन्यास घोषणा – Nepal Press

बेलले गरे फुटबलबाट संन्यास घोषणा

काठमाडौं । वेल्सका कप्तान तथा फरवार्ड ग्यारेथ बेलले सक्रिय फुटबल खेल जीवनबाट संन्यास घोषणा गरेका छन् ।

उनले सोमबार सामाजिक सञ्चालनमार्फत अन्तर्राष्ट्रिय र क्लब फुटबलबाट संन्यास लिएको घोषणा गरेका हुन् ।

‘अन्तर्राष्ट्रिय तथा क्लब फुटबलबाट संन्यास लिन मेरो जीवनको सबैभन्दा गाह्रो निर्णय हो । यो देशका लागि खेलेको कुरा कुन शब्दमा बयान गरू ? सबै समर्थक र मलाई मेरो यात्रामा साथ दिनुहुने सबैलाई धन्यवाद,ु उनले लेखेका छन् ।

३३ वर्षीय बेल वेल्सका लागि सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । उनले वेल्सका लागि १ सय ११ खेल खेलेका छन् । उनले वेल्सका लागि ४१ गोल गरेका छन् । हालै उनको नेतृत्वमा वेल्सले कतारमा सम्पन्न फिफा विश्वकप २०२२ खेलेको थियो ।

सन् २००६ मा साउथह्याम्पटनबाट व्यावसायिक फुटबल यात्रा सुरु गरेका बेलले टोटेन्ह्याम र रियल मड्रिडबाट खेलेका थिए । २००६ देखि २०२३ सम्मको सक्रिय फुटबल करियरमा बेलले सबैभन्दा बढी समय रियाल मड्रिडमा बिताए । उनी सन् २०१३ देखि १०२२ सम्म रियालमा रहेका थिए ।

रियालमा रहँदा उनले पाँच च्याम्पियन्स लिग उपाधि जितेका थिए । त्यसैले उनलाई सबेभन्दा सफल ब्रिटिस खेलाडी भन्ने गरिन्छ ।

पछिल्लो समय उनी अमेरिकाको एमएलएस क्लब लस एन्जलस एफसीबाट खेलिरहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर