बागमतीका मुख्यमन्त्रीको शपथ मंगलबार, एमालेबाट थपलिया आर्थिक मामिला मन्त्री बन्ने – Nepal Press

बागमतीका मुख्यमन्त्रीको शपथ मंगलबार, एमालेबाट थपलिया आर्थिक मामिला मन्त्री बन्ने

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीको शपथ मंगलबार बिहान साढे ९ बजे प्रदेश प्रमुखको कार्यालयमा हुने भएको छ । मुख्यमन्त्रीले शप थग्रहण गरे लगतै नेकपा एमाले तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट एक–एक जनाले मन्त्री पदको शपथ ग्रहण गर्ने भएका छन् ।

एमालेको तर्फबाट सरकारमा नेतृत्व गर्दै केन्द्रीय सदस्य एवम संसदीय दलका नेता जगन्नाथ थपलिया मन्त्री बन्ने भएका छन् । थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रालयको नेतृत्व गर्ने जनाइएको छ ।

एमालेले पहिलो चरणमा थपलियाको नाम मन्त्रीको लागि छनोट गरेको एमाले केन्द्रीय सल्लाहकार तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले बताए ।

उनले भने ‘ संसदीय दलका नेता जगन्नाथजीले भोलि मन्त्रीको शपथग्रहण गर्नुहुनेछ, हामीले हाम्रा अन्य मन्त्रीहरुको विषय एक हप्ताभित्रमा टुंगो लगाउने छौँ ।’

राप्रपाबाट भने अहिलेसम्म कस्को नेतृत्वमा सरकारमा सहभागिता जनाउने भन्नेबारे जानकारी आएको छैन । सभामुख पनि राप्रपाले पाएको कारण संसदीय दलको नेता सभामुख बन्नेकी मन्त्री भन्ने अन्योलता रहेको राप्रपाको श्रोतको दाबी छ । तर आज मध्यरातसम्मका राप्रपाले पनि सरकारमा जाने व्यक्तिको छनोट गर्ने बुझिएको छ ।

त्यसबाहेक एकिकृत समाजवादी र हाम्रो नेपाली पार्टीलाई पनि अर्को चरणको मन्त्रिपरिषद् विस्तारको समयमा समावेश गर्ने तयारी सत्ता गठबन्धनको रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर