सरकारको न्यूनतम साझा कार्यक्रम, ६ महिनाभित्र नागरिकता समस्या समाधान (लाइभ) – Nepal Press

सरकारको न्यूनतम साझा कार्यक्रम, ६ महिनाभित्र नागरिकता समस्या समाधान (लाइभ)

काठमाडौं । सरकारले सरकारले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको अनुसन्धान अघि बढाउने नीति लिएको छ । सरकारको न्यूनतम साझा कार्यक्रमा भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानूनी कारबाही अघि बढाउने उल्लेख छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अहिले नीति तथा कार्यक्रम सार्वजनिक भइरहेको छ । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उच्चस्तरीय संयन्त्रका संयोजक केपी शर्मा ओलीलगायतका नेता सहभागी छन् ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कार्यदलका संयोजक उपप्रधानमन्त्री विष्णु पौडेलले ६ महिनाभित्र नागरिकताको सबै समस्या समाधान गरिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर