एकीकृत काराेबार सुरु गरेसँगै ग्लोबल आइएमइका अध्यक्षले लिए सपथ – Nepal Press

एकीकृत काराेबार सुरु गरेसँगै ग्लोबल आइएमइका अध्यक्षले लिए सपथ

काठमाडौ । आजबाट एकीकृत कारोबार सुरु गरेको ग्लोबल आइएएमइ र बैंक अफ काठमाण्डुले नयाँ अध्यक्षसमेत नियुक्त गरिसकेको छ । मर्जरपछि बनेको ग्लोबल आईएमई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा चन्द्र ढकालले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

ढकाललाई नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । मर्जरपश्चात एकीकृत ग्लोबल आईएमई बैंकको चुक्ता पूँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, बैंकको कुल सम्पत्ति ५ खर्ब ५ अर्ब, कुल पूँजी ५७ अर्ब, कुल निक्षेप ४ खर्ब १२ अर्ब, कुल ऋण ३ खर्ब ७७ अर्ब पुगेको छ । दुवै बैंक एक बराबर एक अनुपातमा मर्ज भएका हुन् ।

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आईएमई बैंकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *