नागरिकता विधेयक तुरुन्त पास गरौं, कतिपय आत्महत्या गर्ने अवस्थामा छन् : रामसहाय यादव – Nepal Press

नागरिकता विधेयक तुरुन्त पास गरौं, कतिपय आत्महत्या गर्ने अवस्थामा छन् : रामसहाय यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता रामसहाय यादवले नागरिकता विधेयक फेरि संसदले तुरुन्त पास गर्नुपर्ने बताएका छन् ।

मंसिर ४ को निर्वाचनपछिको पहिलो प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले नागरिकता नपाएर कैयौं आत्महत्या गर्ने अवस्थामा पुगको बताए ।

उनले भने, ‘नागरिकता नपाउँदा देशका अधिकांश नागरिक अनागरिक भएर बस्न बाध्य छन् । जन्मसिद्धका सन्तान अहिले पनि आमबुवा नागरिक र आफै अनागरिक छन् । कैयौं आत्महत्या गर्नुपर्ने अवस्थामा छन्। अब एक महिनाभित्र नभएर तुरून्त यसलाई कार्यान्वयनमा लानुपर्छ ।’

उनले यसअघि प्रतिनिधि र राष्ट्रियसभाका दुवै सदनबाट पारित भएर दुई–दुई चोटी जाँदा पनि राष्ट्रपति कार्यालयमा थन्किएर बसेकोप्रति असन्तुष्टि व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर