खगराजलाई दीपक मनाङेको पनि समर्थन, नेकपा एस होइन स्वतन्त्रकै हैसियत – Nepal Press

खगराजलाई दीपक मनाङेको पनि समर्थन, नेकपा एस होइन स्वतन्त्रकै हैसियत

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता खगराज अधिकारीलाई नेकपा एसका एकमात्र सांसद दीपक मनाङेले पनि समर्थन जनाएका छन् । यद्यपि उनी प्रदेशसभा सचिवालयमा स्वतन्त्र हैसियतमै रहेकाले नेकपा एसको संस्थागत निर्णय भने छैन ।

एमाले गण्डकी इन्चार्ज पद्मा अर्यालसहित खगराजलाई भेटेर मनाङेले खगराजलाई मुख्यमन्त्रीमा समर्थन जनाएका हुन् । उनको समर्थनसँगै खगराजको पक्षमा ३३ सांसद भएका छन् ।

मनाङेले भने, ‘केन्द्रमा के छ मलाई थाहा छैन, म स्वतन्त्र नै हो क्यारे अहिलेसम्म पनि । मेरो समर्थन खगराज दाइलाई हुन्छ । कम्युनिष्ट सरकारलाई मेरो समर्थन हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर