जसपाकी निर्मलासहित प्रदेश १ मा तीन मन्त्री थपिँदै – Nepal Press

जसपाकी निर्मलासहित प्रदेश १ मा तीन मन्त्री थपिँदै

विराटनगर । माओवादी केन्द्र प्रदेश १ सरकारमा आज सहभागी नहुने भएपछि तीन सदस्यीय मन्त्री मण्डल बन्ने भएको छ । मुख्यमन्त्रीमा आलोपालोको व्यवस्था हुन्हुपर्ने निर्णय सच्याउन लिखित अनुरोध गरेको माओवादी प्रदेश १ क संसदीय दलको निर्णयपछि सबै विना विभागीय मन्त्री नियुक्ति हुनेछन् ।

माओवादी सरकारमा नजाने भएपछि राप्रपाका भक्ति सिटौला, एमालेका तिलकुमार मेन्याङ्वो र जसपाकी निर्मला लिम्बू मन्त्री बन्नेछन् । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले केही बेरमा सपथ ग्रहण गर्ने तयारी छ । कार्कीले सपथ खाएसँगै अरु मन्त्रीले पनि सपथ लिनेछन् । माओवादी आजै सरकारमा नजाने भएपछि मन्त्रालय बाँडफाट हुन नसकेको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर