हवाई भाडा घट्यो, कुन ठाउँको भाडा कति पुग्यो ? – Nepal Press

हवाई भाडा घट्यो, कुन ठाउँको भाडा कति पुग्यो ?

काठमाडौं । सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ । आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर २० कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो ।

सङ्घका अनुसार काठमाडौँदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै आठ सय ८५ भाडा घटेको छ । यो गन्तव्यका लागि सात हजार पाँच सय दश कायम भएको छ । काठमाडौँदेखि धनगढीसम्म अधिकतम भाडा १६ हजार एक सय ४० कायम भएको छ ।

काठमाडौँबाट हुने पर्वतीय उडान (माउन्टेन्ट फ्लाइट)मा छ सय ८५ भाडा घटेर अधिकतम १४ हजार दुई सय पाँच कायम भएको छ । काठमाडौँ–सिमरामा एक सय ८० भाडा घटेको छ ।

त्यस्तै काठमाडौँ–भद्रपुरमा छ सय, काठमाडौँ–विराटनगरमा चार सय ८५, काठमाडौँ–जनकपुरमा दुई सय ६०, काठमाडौँ–भरतपुरमा दुई सय १५ र काठमाडौँ–पोखरामा तीन सय २० भाडा घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *