विराटनगरले टस जितेर ब्याटिङ गर्ने, विदेशी खेलाडीबिनै मैदान उत्रिदै काठमाडौं – Nepal Press

विराटनगरले टस जितेर ब्याटिङ गर्ने, विदेशी खेलाडीबिनै मैदान उत्रिदै काठमाडौं

काठमाडौं । नेपाल टी–२० लिग अन्तर्गत आज हुने इलिमिनेटरमा विराटनगर सुपर किङ्सले काठमाडौं नाइट्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहिबेरमा सुरु हुने खेलमा विराटनगर रोहित कुमार पौडेलको कप्तानीमा मैदान उत्रिदै छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं नाइट्स आजको खेलमा विदेशी खेलाडी विनै मैदान उत्रिदै छ । टिममा रहेका चार विदेशी खेलाडी घर फर्किएपछि काठमाडौंका वेन्चमा एक खेलाडी पनि उपलब्ध छैनन् ।

आजको खेलको विजेता टिमले फाइनल प्रवेशका लागि दोस्रो प्लेअफमा जनकपुर रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।

काठमाडौंको प्लेइङ ११ः ज्ञानेन्द्र मल्ल, लोकेश बम, वसिर अहमद, कमलसिंह ऐरी, अविनाश बोहरा, अनिल खरेल, सौरभ खनाल, सन्दीप रजाली, सन्तोष कार्की, सुनाम गौतम र गौतम केसी

विराटनगरको प्लेइङ ११ः रोहित कुमार पौडेल, अर्जुन साउद, नन्दन यादव, साहब आलम, सूर्य तामाङ, पृथु वास्कोटा, विवेक कुमार यादव, मोहमद हुसेन टलत, गौरान्सु शर्मा राज रकी ननन् र कियोन जोसेफ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर