सत्ता गठबन्धनमा मिल्यो भागवण्डा, कुन पार्टीलाई कुन प्रदेश ? – Nepal Press

सत्ता गठबन्धनमा मिल्यो भागवण्डा, कुन पार्टीलाई कुन प्रदेश ?

काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुबीच प्रदेश सरकार गठनकाे बाँडफाँट टुंगिएको छ ।

दलहरुबीच आइतबार साँझ बालुवाटारमा भएको छलफलमा बाँकी रहेका ६ वटा प्रदेशको पनि बाँडफाँट भएको हो । जसमा गण्डकी र लुम्बिनीमा एमालेले सरकार बनाउने, वागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने, मधेस प्रदेशमा जसपा र जनमतले आलोपालाे सरकार बनाउने र कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाल प्रेसलाई जानकारी दिएका छन् ।

आजै प्रदेश १ मा भने नेकपा एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, जसपाका उपेन्द्र यादव, राप्रपाका राजेन्द्र लिङदेन तथा जनमत पार्टीका सीके राउतको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर