प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनेबारे अलमलमा नागरिक उन्मुक्ति – Nepal Press

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनेबारे अलमलमा नागरिक उन्मुक्ति

काठमाडौं । सात दलीय सत्ता गठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनेबारे अन्योलमा देखिएको छ । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन् । तर, नागरिक उन्मुक्तिले कुनै निर्णय गरेको छैन ।

नागरिक उन्मुक्ति संसदीय दलका प्रमुख सचेतक गंगा चौधरीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनेबारे पार्टीले अहिलेसम्म कुनै निर्णय नगरेको नेपाल प्रेससँग बताए । उनले भने, ‘हामीले उठाएका र सम्बोधन गर्ने मुद्दामा अहिलेसम्म कुनै सहमति भएको छैन । त्यसमा कुनै सहमति नभएसम्म हामी विश्वासको मत दिने पक्षमा छैनौं ।’

उनले निर्णय गर्ने समय पर्याप्त रहेको बताए । प्रतिपक्षमा नै बस्ने हो त भन्ने प्रश्नमा उनले त्यो बाटो पनि खुला नै रहेको जानकारी दिए ।

उनले भने, ‘हाम्रो मुद्दा सम्बोधन भएन भने त प्रतिपक्षमा बस्ने बाटो खुला छँदैछ नि ! त्यसका लागि कुनै निर्णय गरिरहनुपर्दैन । मत दिने भए पो निर्णय गर्ने हो ।’

नागरिक उन्मुक्तिले सत्तारुढ ७ दलीय गठबन्धनसँगै मिलेर न्यूनतम साझा कार्यक्रम ल्याउन भने सघाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर