विश्वासको मत दिन भनी हामीलाई औपचारिक प्रस्ताव आएको छैन : ठाकुर (भिडिओ) – Nepal Press

विश्वासको मत दिन भनी हामीलाई औपचारिक प्रस्ताव आएको छैन : ठाकुर (भिडिओ)

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरले सरकारले विश्वासको मत लिन आफूहरुलाई कुनै औपचारिक प्रस्ताव नगरेको बताएका छन् ।

आइतबार बसेको कार्यकारिणी समितिको बैठकपछि बोल्दै अध्यक्ष ठाकुरले भने, ‘अहिलेसम्म प्रधानमन्त्री प्रचण्ड र ओलीबाट कुनै प्रस्ताव आएको छैन । प्रमुख प्रतिपक्षी दलले पनि कुनै निर्णय गर्न सकेको छैन । अहिले सात दलीय गठबन्धनमा हामी छैनौं । त्यसैले हामीलाई आधिकारिक रुपमा केही आएको छैन । अहिले हामी पुरानै गठबन्धनमा छौं । कांग्रेसको निर्णयपछि मात्रै हामी निर्णय गर्छौं ।’

सरकारको न्यूनतम साझा कार्यक्रममा आफ्नो दलका केही माग समेटिएको उनको भनाइ छ । पहिलाको सरकारले पनि आश्वासन दिए पनि कुनै सहमति कार्यान्वयन नगरेको अध्यक्ष ठाकुरले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर