६० सांसदको समर्थनसहित प्रदेश १ मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश – Nepal Press

६० सांसदको समर्थनसहित प्रदेश १ मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश

विराटनगर । ६० जना सांसदको हस्ताक्षरसहित नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

प्रदेशसभामा रहेका ९३ मध्ये कांग्रेस र एकीकृत समाजवादीबाहेक अरु सबैको समर्थनमा प्रदेश प्रमुखसमक्ष कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना प्रदेशसभा सदस्यले कार्कीलाई समर्थन गरेका छन् ।

प्रदेशसभामा कुनै पनि दलको बहुमत नपुगेपछि २ वा २ भन्दा बढी दलको समर्थनमा सरकार बनाउने समय सीमा आजसम्मका लागि थियो । समय सीमाभित्रै कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । प्रदेश १ मा बहुमतको सरकार गठन गर्न ४७ सांसद आवश्यक पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर