प्रदेश १ ले पुस २८ मा सभामुख पाउने (भिडिओ) – Nepal Press

प्रदेश १ ले पुस २८ मा सभामुख पाउने (भिडिओ)

विराटनगर । प्रदेश १ प्रदेश सभामा भएका दलहरुको सर्वदलीय बैठकले पुस २८ गते सभामुख चयन गर्ने निर्णय गरेको छ ।
बैठकले भोलिका लागि तय गरिएको प्रदेश सभा २६ गतेलाई सार्ने निर्णय गर्दै सभामुख र उपसभामुख निर्वाचनको कार्यतालिका तय गरेको हो ।

उप सभमुख भने २९ गते चयन गर्ने निर्णय भएको एमाले प्रदेश १ का प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । बैठकमा एमाले संसदीय दलका नेता हिक्मत कार्की, नेपाली कांग्रेसका उद्धव थापा, माओवादीका इन्द्र आङ्बो राप्रपाका भक्ती सिटौला सहभागी छन् ।

बैठकपछि मुख्यमन्त्रीको एमालेका हिक्मत कार्कीले मुख्यमन्त्रीको दाबी पेश गर्ने छन् । एमाले श्रोतका अनुसार आजै सानो मन्त्री परिषद्को नामावली प्रदेश प्रमुख समक्ष पेश हुने छ । भोलि मुख्यमन्त्रीले सपथ खाएपछि अरु मन्त्रीहरुको पनि सपथ गराउने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर