विदेशमा भएका नेपालीले पाए माया खोला हाइड्रोपावरको सेयर – Nepal Press

विदेशमा भएका नेपालीले पाए माया खोला हाइड्रोपावरको सेयर

काठमाडौं। माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि सेयर बाँडफाँड सम्पन्न गरेको छ ।

प्रभु क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा हाइड्रोपावर कम्पनीको एक सय रुपैयाँ प्रति कित्ता अंकित दरले २ लाख ४० हजार कित्ता सेयर सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रहेका नेपालीको लागि छुटयाइएको थियो । सो सेयर यही मंसिर२३ गतेदेखि पुस ८ गतेसम्म आवेदन खुल्ला गरेको थियो ।

गत शुक्रवार १० कित्ता देखि ३० कित्ता आवेदकलाई माग बमोजिम तथा ४० कित्ता देखि ६ हजार ३०० सम्म आवेदन दिने आवेदकलाई ३० कित्ताको दरले गरी जम्मा ८ हजार २ सय ५७ जना आवेदकलाई २ लाख १५ हजार ६ सय ७० कित्ता सेयर बाँडफाँड गरिएको हो ।

बाँकी रहेको सेयरको लागि ४० कित्ता देखि ६ हजार ३ सय कित्ता शेयर आवेदन दिने ५ हजार ४सय ८३ जना आवेदकबाट २४ हजार ३ सय ३० कित्ता गरी जम्मा २ लाख ४० हजार कित्ता सेयर बाँडफाँड सम्पन्न भएको हो ।

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेबसाइट र तथा सिडिएससिको वेबसाइटबाट हेर्न सकिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *