मुख्यमन्त्रीको दाबी पेश गर्नुअघि प्रदेश १ मा गठबन्धनको बैठक बस्दै – Nepal Press

मुख्यमन्त्रीको दाबी पेश गर्नुअघि प्रदेश १ मा गठबन्धनको बैठक बस्दै

विराटनगर । मुख्यमन्त्रीको दाबी पेश गर्नुअघि प्रदेश १ मा सत्ता साझेदार दलहरूको बैठक बोलाइएको छ ।

एमालेका हिक्मत कार्कीको नाम लिएर प्रदेश प्रमुखकोमा जानुअघि दलहरू छलफलमा जुट्न लागेका हुन् । बैठकमा एमाले, माओवादी, राप्रपा, जसपालगायतका नेता सहभागी हुने एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले नेपाल प्रेसलाई बताए ।

प्रदेश १ सरकारको नेतृत्व एमाललेले गर्ने पक्कापक्की भएको छ । बैठकले प्रदेशसभाको भोलिको बैठकको कार्यसूचीमा पनि छलफल गर्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर