एटीएमको सुरक्षित प्रयोगका लागि राष्ट्र बैंकले सुझायो यी उपाय – Nepal Press

एटीएमको सुरक्षित प्रयोगका लागि राष्ट्र बैंकले सुझायो यी उपाय

काठमाडौ । नेपाल राष्ट्र बैंकले एटीएम प्रयोगमा सावधानी अपनाउन आग्रह गरेको छ ।

साथै एटीएमको सुरक्षित प्रयोगका लागि चार उपायसमेत सुझाएको छ । एटीएम प्रयोगकर्ताले आफ्नो पिनकोड गोप्य राख्नुपर्ने, अपरिचित मान्छेबाट टाढै बस्नुपर्ने, एटीएम प्रयोग गर्दा खाताबाट घट्यो तर पैसा नआए सम्बन्धित बैंकमा सम्पर्क गर्ने र आवश्यक परे बैंकका कर्मचारीबाट सम्पर्क गरी सहयोग लिँदा एटिएम सुरक्षित हुने राष्ट्र बैंकको भनाइ छ ।

यस्तै अपरिचित वा अन्य जो कोही व्यक्तिलाई एटीएम कार्ड र पिन नम्बर सेयर नगर्न भनिएको छ । एटीएम ह्याक गरी रकम चोरी गरेका घटना यसअघि बाहिरिएको थियो । नेपाल एटीएम ह्याकरको ट्रान्जिटसमेत बन्ने गरेको भेटिएको छ ।

एटीएम बुथबाट रकम निकाल्दा वरपर कतै लुकाइएको अवस्थामा क्यामेरा भए/नभएको तथा पिन कोड थिच्ने बेलामा कसैले देखे-नदेखेको यकिन गर्नुपर्ने पनि जानकारको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *