राष्ट्रियसभा उपचुनावका लागि दल दर्ता आव्हान – Nepal Press

राष्ट्रियसभा उपचुनावका लागि दल दर्ता आव्हान

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा उपचुनावका लागि दल दर्ता आव्हान गरेको छ । लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने रिक्त एक सीटका लागि माघ २५ गते उपनिर्वाचनको मिति तोकिसकिएको छ ।

आयोगले आइतबार एक सूचना जारी गर्दै सोमबारदेखि पुस २८ सम्म कार्यालय समयभित्र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची- १२ बमोजिमको ढाँचामा निवेदन माग गरेको छ ।

लुम्बिनीबाट निर्वाचित एमालेका सांसद खिमलाल भट्टराईले चुनाव लड्न राजीनामा दिएपछि राष्ट्रियसभामा एक सीट खाली छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर