प्रदेश १ को मुख्यमन्त्री एमालेको भागमा, हिक्मत कार्की मुख्यमन्त्रीको दाबी पेश गर्दै – Nepal Press

प्रदेश १ को मुख्यमन्त्री एमालेको भागमा, हिक्मत कार्की मुख्यमन्त्रीको दाबी पेश गर्दै

विराटनगर । शीर्ष नेताहरूबीच प्रदेश १ को मुख्यमन्त्री एमालेको भागमा पर्ने सहमति भएपछि नेकपा एमाले प्रदेश १ का संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन्।

कार्कीले आज दिउँसोसम्म दाबी पेश गर्ने तयारी गरेका छन् । माओवादीले प्रदेश १ को मुख्यमन्त्री पाउनु पर्ने दाबी गरेपछि मुख्यमन्त्रीको दाबी पेश भएको थिएन ।

संविधानको धारा १६८ (२) बमोजिम २ वा दुई भन्दा बढी दलको समर्थनमा सरकार गठन गर्नका लागि प्रदेश प्रमुख परशुराम खापुंगले आजसम्मको सीमा दिएका थिए । सीमा दाबी लिएर प्रदेश प्रमुखसमक्ष जाने एमालेले बताएको छ ।

मुख्यमन्त्रीमा दाबी पेश गर्न चाहिने कागजी दस्ताबेज तयार भइसकेको एमाले प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीले जानकारी दिए। ‘सत्ता साझेदारी दलहरूको सहभागितामा दाबी पेश गरिन्छ, हामी त्यसको तयारीमा लागिरहेका छौ,’ उनले भने ।

माओवादी औपचारिक निर्णय हुन बाँकी रहेपनि प्रदेश १ को मुख्यमन्त्री एमालेको भागमा परेको जनाएको छ । हामीले दाबी गरेका हौँ । माओवादीका एक नेताले भने प्रदेशमा एमाले नेतृत्वको सरकार बन्ने छ ।

९३ सदस्यीय प्रदेशसभामध्ये ६० जना प्रदेशसभा सदस्यको समर्थनमा दाबी पेश गर्ने एमालेको तयारी छ । एमाले ४०, माओवादी १३, राप्रपा ६ र जसपा १ गरी एमाले गठबन्धनसँग ६० संसद् छन् । सरकार गठन गर्नका लागि ४७ जना आवश्यक पर्छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीको लागि दाबी पेश गर्न आह्वान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर