न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट गठबन्धनका संयोजक ओलीलाई बुझाइयो – Nepal Press

न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट गठबन्धनका संयोजक ओलीलाई बुझाइयो

काठमाडौं । कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट बुझाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा कार्यदलले तयार पारेको ड्राफ्ट संयोजक केपी शर्मा ओलीलाई बुझाइएको हो ।

एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक अर्थमन्त्रालयमा बसिरहेको बैठकले न्यूनतम साझा कार्यक्रममलाई पूर्णता दिएको थियो ।

सरकारका लक्ष्यहरू किटान गर्ने र अघिल्लो सरकारले असन्तुलित बनाएको विदेश नीतिलाई सन्तुलित बनाउँदै छिमेकी तथा विकास साझेदारहरूको विश्वास आर्जन गर्ने लगायतका विषय समेटिएका छन् ।

यो पनि पढ्नुहाेस् : सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दै, यस्ता छन् प्राथमिकता

पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउने कार्यदल गठन गरेको थियो ।

अर्थमन्त्री पौडेल नेतृत्वको कार्यदलमा माओवादीबाट वर्षमान पुन, रास्वपाबाट मुकुल ढकाल र राप्रपाबाट धवलशमशेर राणा र जसपाबाट रकम चेम्जोङ छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर