कांग्रेस नेता उपाध्यायको दाबी- ओलीले स्वार्थ पूरा गरेपछि प्रचण्डलाई धोका दिन्छन् (भिडिओ) – Nepal Press

कांग्रेस नेता उपाध्यायको दाबी- ओलीले स्वार्थ पूरा गरेपछि प्रचण्डलाई धोका दिन्छन् (भिडिओ)

रुपन्देही। नेपाली कांग्रेसका नेता तथा भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वार्थ पूरा गरेपछि प्रचण्डलाई धोका दिने दाबी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनीले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बल्दै पूर्वराजदूत उपाध्यायले एमालेले राष्ट्रपति र सभामुख लगायतका महत्त्वपूर्ण पदलाई प्राप्त गर्नका लागि विश्वासको मत दिने र त्यसपछि साथ छोड्ने जिकिर गरे ।

भर्खरै सम्पन्न निर्वाचनले नेपालको पुरानो पार्टी कांग्रेससहित अन्य दलहरू समेत कमजोर बनेको भन्दै समयमा नै सचेत भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

उपाध्यायले दलहरुभित्र रहेको भागवण्डा, गुटबन्दी नैतिक मूल्य मान्यतामा ह्रास हुँदै गएकाले देशको राजनीतिक, आर्थिक र सार्वभौम अवस्था जटिल अवस्थामा पुगेको बताए ।

उपाध्यायले चरम अराजनीतिक मौलाउँदै गएकाले विरक्त भएर आफू अहिले सक्रिय राजनीतिबाट विश्राम लिएको समेत बताए ।

उनले देशको खलबलिएको स्थितिलाई जोगाउन पुराना दलहरू सच्चिन जरुरी रहेको उल्लेख गर्दै पछिल्लो राजनीतिक घटनाक्रमले दलका नेताहरूले विचारको राजनीतिभन्दा सत्ता स्वार्थमा निहित भएर राजनीति गरेको आरोप लगाए ।

नेपालमा गठबन्धन लोकतन्त्र मूल्य मान्यता विपरीत भएको उल्लेख गर्दै पूर्वमन्त्रीसमेत रहेका उपाध्यायले सशस्त्र जनयुद्धका बेला माओवादीको एउटै मात्र एजेण्डा राजतन्त्र फाल्नुपर्ने भए पनि पछि विदेशी शक्तिहरूले गणतन्त्र,धर्मनिरपेक्षता र संघीयतालाई देशमा छिराएर देशमा अस्थिरता ल्याउने काम गरेको बताए ।

प्रचण्डले प्रधानमन्त्री दाबी गर्दा अन्य दलहरूले महत्त्वपूर्ण पदमा दाबी गर्नु स्वभाविक रहेको बताउँदै यो सरकारले विश्वासको मत ल्याउने कुरामा शंका व्यक्त गरे ।

उनले राजनीतिक दलहरूको दूरदर्शिताको अभावले विदेशी शक्ति केन्द्रहरूले चलखेल गरेको बताउँदै यस्तै अवस्था रहिरहे देश ठूलो संकटमा फस्ने ठोकुवा गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर