कांग्रेस सांसदहरूलाई प्रमुख सचेतकको निर्देशन- औपचारिक पोशाक लगाउनु, जिन्स प्यान्ट सकेसम्म नलगाउनु – Nepal Press

कांग्रेस सांसदहरूलाई प्रमुख सचेतकको निर्देशन- औपचारिक पोशाक लगाउनु, जिन्स प्यान्ट सकेसम्म नलगाउनु

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सांसदहरूलाई औपचारिक पोशाक लगाएर मात्रै संसद् बैठकमा सहभागी हुन निर्देशन दिएका छन् ।

संसदीय दलको बैठकमा उनले सकेसम्म दौरा, कोट, प्यान्ट र सारी लगाएर आउन निर्देशन दिएका हुन् । उनले जिन्स प्यान्ट नलगाउन पनि सांसदहरूलाई आग्रह गरे ।

उनले भने, ‘सकेसम्म बैठकहरूमा फर्मल लुगा लगाएर आउनु । जस्तै दौरा, कोट प्यान्ट र सारी । जिन्सको प्यान्ट सकेसम्म नलगाएको राम्रो ।’

यो पटक नयाँ अनुहार पनि निर्वाचित भएर आएका कारण संसद् बैठकमा कसरी प्रस्तुत हुने लगायतका विषयमा पनि निर्देशन दिइएको छ ।

प्रतिक्रिया

One thought on “कांग्रेस सांसदहरूलाई प्रमुख सचेतकको निर्देशन- औपचारिक पोशाक लगाउनु, जिन्स प्यान्ट सकेसम्म नलगाउनु

  1. हाफ प्यान्ट लगाउन दिए हुन्छ । विचार र पोशाक म्याच गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर