भण्डारी र शाहिदीको शतकीय साझेदारीमा फारवेस्टले प्लेअफमा पुग्न पोखरालाई दियो १८८ रनको लक्ष्य – Nepal Press

भण्डारी र शाहिदीको शतकीय साझेदारीमा फारवेस्टले प्लेअफमा पुग्न पोखरालाई दियो १८८ रनको लक्ष्य

काठमाडौं । विनोद भण्डारी र कप्तान हर्शमतुल्लाह शाहिदीको शतकीय साझेदारीमा फारवेस्टन  युनाइटेडले पोखरा एभेन्जर्सलाई प्लेअफ पुग्न १ सय ८८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको फारवेस्टले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८७ रनको योगफल तयार पारेको छ ।

फारवेस्टका ओपनर शाहिदी र भण्डारीले शतकीय साझेदारि गरे । भण्डारीले पहिलो विकेटका लागि शाहिदीसँग १ सय ३४ रनको साझेदारी गरेका थिए । शाहिदी १४औं ओभरको अन्तिम बलमा रनआउट भएका थिए । उनले ५१ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ६७ रनको योगदान गरे । करण केसी ११ रनमा अविजित रहे ।

भण्डारी १८.४ ओभरमा प्रतिश जिसीको बलमा क्याचआउट भएका थिए । त्यसअघि, उनले ४७ बलमा ६ चौका र २ छक्कासहित ५९ रन योगदान गरे ।
मिलान्दा सिरिवारर्दाना १२ रनमा आउट हुँदा रासिद खान १४ रन बनाएर पभेलियन फर्किएका थिए ।

पोखराको बलिङमा अभिमन्यू मिथुनले ४ ओभरमा ३२ रन खर्चिएर दुई विकेट लिए । प्रतिस जिसीले तीन ओभरमा ३१ रन खर्चिएर एक विकेट लिए ।

जारि खेलमा फारवेस्टले दिएको लक्ष्य चेज गर्नसके पोखरा प्लेअफ पुग्नेछ । यदि फारवेस्टसँग पराजित भए काठमाडौं प्लेअफ पुग्नेछ । फारवेस्ट एक खेल अगावै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर