प्रधानमन्त्रीसँग डा. बाबुराम भट्टराईको भेट, पार्टी एकीकरण बारे समझदारी – Nepal Press

प्रधानमन्त्रीसँग डा. बाबुराम भट्टराईको भेट, पार्टी एकीकरण बारे समझदारी

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता गर्ने समझदारी बनेको छ ।

शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईबीच एकता गर्ने समझदारी बनेको हो ।

नेसपा नेता गंगा श्रेष्ठले पार्टी एकतालाई मूर्तरूप दिन दुवै दलभित्र प्रस्ताव लिएर जाने सहमति भएको बताए ।

उनले भने, ‘पार्टी एकीकरणका लागि ठोस ढंगले अगाडि बढ्ने समझदारी भएको छ । हाम्रो भोलि राजनीतिक समिति बैठक बोलाएको छौँ । त्यहाँ प्रस्ताव लिएर जान्छौँ र अगाडि बढ्छौँ । प्रधानमन्त्रीले पनि पार्टीको पदाधिकारी बैठकमा प्रस्ताव लिएर जाने कुरा भएको छ ।’

नेसपा यो पटक निर्वाचनमा माअ‍ोवादी केन्द्रको चुनाव चिन्ह लिएर चुनाव लडेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर