संगठन विस्तारमा लौरो अभियान, गण्डकीमा २५ सदस्यीय कमिटी गठन – Nepal Press

संगठन विस्तारमा लौरो अभियान, गण्डकीमा २५ सदस्यीय कमिटी गठन

काठमाडौं । हाम्रो नेपाली पार्टी (लौरो अभियान)ले गण्डकीमा २५ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ । संगठन विस्तारको क्रममा प्रदेश संयोजक खेम तिमिल्सना, सह-संयोजक यदुराज सिग्देल चयन भएका छन् ।

पार्टीका केन्द्रीय अध्यक्ष अन्नत राज घिमिरे, केन्द्रीय प्रवक्ता रोहन कार्की, केन्द्रीय सदस्य तथा लौरो अभियानका प्रवक्ता हरि कार्की, बरिष्ठ भूपू कर्णेल तथा पाइलट मदन केसी,लौरो अभियानका गण्डकी प्रदेशका पूर्व पदाधिकारी लगायतको उपस्थितिमा हिजो सम्पन्न उक्त कार्यक्रममा गत निर्वाचनको समीक्षासँगै भावी कार्यक्रमको योजना तथा सङ्गठन बिस्तारका बिषयमा छलफल भएको थियो ।

आज लुम्बिनीमा गठन गर्ने केन्द्रीय प्रवक्ता रोहन कार्कीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर