देउवासँगको छलफलपछि नेपालले भने- नयाँ गठबन्धन बनाउने कुरा भएको छैन – Nepal Press

देउवासँगको छलफलपछि नेपालले भने- नयाँ गठबन्धन बनाउने कुरा भएको छैन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापतिसँगको भेटवार्तामा नयाँ गठबन्धन बनाएर अघि बढ्नेबारे कुरा नभएको बताएका छन् ।

शुक्रबार साँझ धुम्बाराहीस्थित देउवा निवासमा करिब एक घण्टा भएको छलफलमा समसामयिक विषयमा कुरा भएको नेपालले बताए । तर नयाँ गठबन्धन गर्ने विषयमा कुरा नभएको नेपालले दाबी गरे ।

राप्रपाका अध्यक्षलाई कांग्रेसले प्रधानमन्त्रीको अफर दिएको भन्ने कुरा आएको छ यही विषयमा यहाँहरुबीच छलफल भएको हो ? भन्ने नेपाल प्रेसको प्रश्नमा अध्यक्ष नेपालले भने, ‘त्यस्तो होइन । मैले उहाँलाई प्रचण्डप्रति त्यति नकारात्मक बनेर नसोच्नुस् भनेँ । नयाँ ढंगले सोच्नुस् भने । मैले पनि त्यो हल्लाको विषयमा सोधेँ । तर त्यस्तो केही पनि होइन ।’

नेपालले कांग्रेसको आफ्नै पार्टीभित्र समस्या रहेको भन्दै कसरी अगाडि बढ्ने भन्नेबारे सामान्य छलफल भएको बताए ।

तत्कालीन गठबन्धन टुटेर नयाँ राजनीतिक समीकरण बनेसँगै भएको देउवा र नेपालबीच याे पहिलाे भेट हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिँदैछन् । यसकै सम्मुखमा भएकाे देउवा र नेपालबीच भेटलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

केहीदिन निष्क्रिय बनेका देउवाले आजै पार्टीका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँग पनि छलफल गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर