सरकारका विषयमा विश्वासको मत लिने दिनसम्ममा निर्णय लिन्छौं : माधव नेपाल (भिडिओ) – Nepal Press

सरकारका विषयमा विश्वासको मत लिने दिनसम्ममा निर्णय लिन्छौं : माधव नेपाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समय आएपछि सरकारका विषयमा आवश्यक निर्णय गर्ने बताएका छन् ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै विश्वासको मत लिने दिनसम्म आवश्यक निर्णय गर्ने बताएका हुन् ।

उनले प्रधानमन्त्री प्रचण्डसँग पनि यस विषयमा कुराकानी भएको तर सरकारको कार्यक्रम कस्तो आउछ भन्ने हेर्न बाँकी रहेको धारणा राखे । त्यस्तै अध्यक्ष नेपालले अहिले विचार मिल्नेसँग एकताका लागि पहल सुरु गरिएको भन्दै एमालेसँग भने अहिलेको अवस्थामा एकता हुन नसक्ने स्पष्ट पारे ।

उनले पार्टी एकताका लागि जसपालगायतका दलसँग छलफल भइरहेको जानकारी पनि दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर