अर्थमन्त्री विष्णु पौडेल र अमेरिकी राजदूतबीच भेटवार्ता – Nepal Press

अर्थमन्त्री विष्णु पौडेल र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलसँग नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसनले भेटवार्ता गरेका छन् ।

अर्थमन्त्रालयमा भएकाे भेटवार्तामा राजदूत थम्पसनले पौडेललाई बधाई दिएका थिए भने पौडेलले पनि नेपालका राजदूत भएर आएकोमा थम्पसनलाई बधाई दिएका थिए । उनीहरुबीच द्वीपक्षीय चासो र पारस्परिक साझेदारीका लागि प्रतिवद्धता पनि व्यक्त भएको अर्थमन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *