सरकारको न्यूनतम साझा कार्यक्रम तयार – Nepal Press

सरकारको न्यूनतम साझा कार्यक्रम तयार

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम तयार भएको छ ।

एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक अर्थमन्त्रालयमा बसिरहेको बैठकले न्यूनतम साझा कार्यक्रममलाई पूर्णता दिएको हो ।

भोलि कार्यदलले शीर्ष नेताहरुलाई बुझाउने कार्यदल सदस्य मुकुल ढकालले जानकारी दिए । शीर्ष नेताहरुलाई बुझाएपछि भोलि नै सार्वजनिक हुने उनले बताए ।

उनले भने, ‘यहाँ सबै दलको एजेण्डालाई समेट्ने प्रयास गरेका छौं । जनतालाई खुशी बनाउनेगरी नै आउँछ।’ सरकारले गठबन्धनमा सहभागी दलबीच सहमतिका आधारमा साझा कार्यक्रममा आर्थिक समृद्धि र विकासलाई जोड दिएको छ । विवादित राजनीतिक मुद्दामा कार्यक्रम नबोल्ने र अर्थतन्त्रलाई लयमा फर्काउने खालका कार्यक्रमहरूमा केन्द्रित हुने गठबन्धनको तयारी छ ।

यो सरकारका लक्ष्यहरू किटान गर्ने र अघिल्लो सरकारले असन्तुलित बनाएको विदेश नीतिलाई सन्तुलित बनाउँदै छिमेकी तथा विकास साझेदारहरूको विश्वास आर्जन गर्न केन्द्रित हुने जनाइएको छ ।

पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउने कार्यदल गठन गरेको थियो । अर्थमन्त्री पौडेल नेतृत्वको कार्यदलमा माओवादीबाट वर्षमान पुन, रास्वपाबाट मुकुल ढकाल र राप्रपाबाट धवलशमशेर राणा र जसपाबाट रकम चेम्जोङ छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर