नबिल बैंक र अलोइबीच ग्रीन फाइनान्सिङ डिजिटलाइज गर्ने समझदारी – Nepal Press

नबिल बैंक र अलोइबीच ग्रीन फाइनान्सिङ डिजिटलाइज गर्ने समझदारी

काठमाडौँ । नबिल बैंक र अलोइ प्राइभेट लिमिटेडबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । बैंकले ग्रीन फाइनान्सिङलाई डिजिटलाइज गर्न अलोइ प्राइभेटसँग समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।

साझेदारीमा बैकंले डिजिटल लोन र रिपेमेन्ट ट्र्याकिङ प्रणालीलाई प्रयोग गरी विद्युतीय व्यावसायिक सवारी साधनलाई डिजिटल ऋण दिने सेवाको प्रभावकारी रूपमा अन्वेषण, मूल्याङ्कन र सहकार्य गर्ने जनाएको छ ।

बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र अलोई प्रा।लि का सहसंस्थापक सोनिका मानन्धरले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *