अर्थमन्त्रीलाई प्रश्न- श्वेतपत्र ल्याउन लागिएको हो ? – Nepal Press

अर्थमन्त्रीलाई प्रश्न- श्वेतपत्र ल्याउन लागिएको हो ?

काठमाडौ । अर्थमन्त्री विष्णु पौडेलले वर्तमान आर्थिक अवस्थामा देखिएको समस्या समाधानका लागि केही दिनभित्रै आफूले चाल्ने कदमबारे सार्वजनिक गर्ने बताएका छन् ।

शुक्रबार मन्त्रिपरिषदको निर्णय सुनाउन आयोजना गरिएको पत्रकार सम्मेलनमा श्वेतपत्र ल्याउन लागिएको हो ? भन्ने पत्रकारको जिज्ञासामा उनले त्यसबारे केही दिनभित्रै जानकारी दिने बताएका छन् ।

पौडेलले भने, ‘स्वेतपत्र ल्याउने/नल्याउने विषयमा मैले अर्थमन्त्रीको जिम्मेवारी सम्हालिसकेपछि अर्थमन्त्रालय र मुलुकको आर्थिक अवस्था देखिएको समस्या समाधानका लागि म के गर्छु भन्ने कुराको केही दिनमै सार्वजनिक गर्छु ।’

अहिले एमालेभित्रै देशको वर्तमान आर्थिक अवस्था समेटिएको स्वेतपत्र जारी गर्नुपर्ने आवाज उठ्न थालेको छ । यसअघि पनि एमालेबाट अर्थमन्त्रीमा डा. युवराज खतिवडाले जिम्मेवारी पाएपछि श्वेतपत्र जारी गरेका थिए ।

अहिले पनि देशको अर्थतन्त्र संकटमा रहेको बेला अर्थतन्त्रको ढुकुटीको जिम्मा लिन आइपुगेको अर्थमन्त्री पौडेलले पनि स्वेतपत्र सार्वजनिक गर्नसक्ने आंकलन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *