संसदको पहिलो बैठकका एजेण्डा तय गर्न आज सर्वदलीय बैठक – Nepal Press

संसदको पहिलो बैठकका एजेण्डा तय गर्न आज सर्वदलीय बैठक

काठमाडौं । प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठक २५ पुसमा बस्दैछ । त्यसअघि आज दिउँसो १ बजे सर्वदलीय बैठक तय गरिएको छ ।

ज्येष्ठ सांसद पशुपतिशमेशर जबराले सदनको पहिलो बैठकका लागि एजेण्डा तय गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।

बैठकमा दलका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ । स्वतन्त्र सांसद पनि सहभागी हुने छन् ।

सभामुखको निर्वाचनको नहुदाँसम्म बैठक सञ्चालन गर्ने प्रक्रिया, सभामुखको निर्वाचन प्रक्रियाका लागि प्रतिनिधि सभाको नियमावली अनुमोदन गर्ने लगायतका विषयमा छलफल हुनेछ । सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधनलगायतका एजेण्डामा पनि छलफल हुने बताइएको छ ।

बैठक सञ्चालन, प्रतिनिधिसभा बैठकमा दलले बोल्न पाउने समय बाँडफाँटका विषयमा छलफल हुने सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले नेपाल प्रेसलाई जानकारी दिए ।

हालै सम्पन्न निर्वाचनमा प्रतिनिधिसभामा १२ वटा दलको प्रतिनिधित्व छ ।

(फाइल तस्बिर/नेपाल प्रेस)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर