अमेरिकी क्लव आहा ! रारा गोल्डकपको फाइनलमा – Nepal Press

अमेरिकी क्लव आहा ! रारा गोल्डकपको फाइनलमा

पोखरा । अमेरिकी क्लब बीवाईएससी पोखरामा जारी २२औं आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई १-० गोलले हराउँदै अमेरिकी टोली फाइनल प्रवेश गरेको हो ।

बीवाईएससीले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै अग्रता लिएको हो । दोस्रो हाफमा दुवै टीमबाट गोल भएन । अन्ततः बीवाईएससीका रोजिन प्रजापतिको गोल नै निर्णायक बन्यो ।

पहिलो हाफमा ३ मिनेट अतिरिक्त समय थपिएकोमा ४६औं मिनेटमा प्रजापतिले गोल गरेका हुन् । खेलको अन्तिममा चर्च ब्वाइजका आशिष चौधरी रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।

अब फाइनलमा बीवाईएससीले संकटासँग प्रतिस्पर्धा गर्नेछ । शनिबार पोखरा रंगशालामा प्रतियोगिताका फाइनल हुनेछ । संकटाले एपीएफलाई हराएर फाइनल प्रवेश गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर